नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय को मिति २०८३/०५/०१ गतेको माननीय मन्त्रीस्तरको निर्णयानुसार यस परिषद्को कार्यकारी समितिको अध्यक्ष पदमा मनोनित हुनु भएका प्रा.डा. सुधा बस्नेतज्यू, उपाध्यक्ष पदमा मनोनित हुनु भएका प्रा.डा.नारायण बहादुर महोत्राज्यू , कार्यकारी सदस्य पदमा मनोनित हुनु भएका प्रा.डा.रवा थापाज्यू, डा.सन्तोष कुमार ठाकुरज्यू तथा डा.धर्मागत भट्टराईज्यूवाट यस परिषद् मा आज मिति २०८३/०५/०४ गतेका दिन पद बहाली कार्यक्रम सम्पन्न भयो।